Incident Reports

चितवनमा प्रहरीले विथोल्याे विप्लव माओवादीको आमसभा

2017-04-20

Bagmati, Chitawan, Bharatpur

Deependra Adhikari नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विहीबार चितवनका निर्वाचन विरोधी कार्यक्रम गर्दा प्रहरीले हस्तक्षेप गरेको छ । आगामी स्थानीय तहको निर्वाचन बहिष्कारको घोषणा गरेको नेकपाले चितवनको भरतपुरस्थित चौविसकोठीमा निर्वाचन विरोधी कार्यक्रम गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको हो । निर्वाचन विरुद्ध र्याली गरी चौविसकोठीमा सभा आयोजना गरेपछि प्रहरीले हस्तक्षेप गरी कार्यक्रम विथोलेको हो । पार्टीका स्थानीय समिति सदस्य धर्मेन्द्र बास्तोलाले सभामा सम्बोधन गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले विप्लवका झण्डै दुई दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ । बास्तोलासहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले भने शान्तिपूर्ण कार्यक्रम गर्दा विथोल्नु निरंकुशता भन्दै आलोचना गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको नेकपाले देशब्यापी रुपमा एकीकृत जनजागरण तथा प्रतिरोध अभियान चलाइरहेको छ । उक्त अभियान निर्वाचनविरुद्धमा रहेको सो पार्टीले जनाएको छ । सोही अभियानअन्तर्गत विहीबार रुपन्देहीको रुद्रपुर हरैया चोकमा आयोजित सांस्कृतिक अभियान पनि प्रहरीले हस्तक्षेप गरी विथोलेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports