Incident Reports

प्रहरीसँगको झडपमा घाइतेl

2013-05-12

Manohar Kumar Pokharel सप्तरी । वैशाख ३० गते सप्तरीको रायपुर गाविसस्थित रुपनी चौकको पूर्व-पश्चिम लोकमार्गमा ०७० वैशाख २९ गते दिउँसो १२ बजे प्रहरीको लाठीचार्जबाट विद्यार्थी मञ्चका केन्द्रीय सह-अध्यक्ष ३० वर्षीय किशोरकुमार यादव घाइते भएका हुन् । लोकमार्गमा गुडेका सवारी साधनलाई रोकेर चक्काजाम गर्ने यादवसहित सद्भावना पार्टीका कार्यकर्ता माथि भएको प्रहरी लाठीचार्जबाट यादव घाइते भएका हुन् । सोही क्रममा प्रहरीले पक्राउ गरेका १४ जना बन्दकर्तालाई प्रहरीले ०७० वैशाख २९ गते साँझ रिहा गरेको छ । संविधानसभा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पुनःनिर्धारण, नागरिकता बाहेकका प्रमाणका आधारमा पनि मतदाता नामावली संकलनलगायतका विभिन्न १५ बुँदे मागसहित सद्भावना पार्टीले एक दिने तराई मधेस बन्दको आह्वान गरेको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis