Incident Reports

मोर्चाको लाठी जुलुसमा प्रहरीको हस्तक्षेप

2017-04-20

Madhes, Dhanusha, Janakpur

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संघीय गठबन्धनद्धारा जनकपुरमा निकालिएको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । लाठी जुलुस निकाल्ने क्रममा प्रहरीले स्थानीय रामानन्द चौकमा हस्तक्षेप गरेको थियो । यद्यपी, मोर्चाका कार्यकर्ताहरुले प्रहरीको हस्तक्षेपको बीच प्रर्दशन गरेका थिए । प्रहरीले हस्तक्षेप गर्दा मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच सामान्य झडप भएको थियो । व्यवस्थापिका संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयक तथा स्थानीय तह निर्वाचनको विरोधमा मधेसी मोर्चासहित गठबन्धनले विहीबार जनकपुरको रामानन्द चौकबाट लाठी जुलुस प्रर्दशन गरेका थिए । रामानन्द चोकबाट निस्केको जुलुसले वर्तमान सरकारको विरोधमा नाराबाजी गर्दै नगरको विभिन्न भागमा परिक्रमा गरी जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै मोर्चाका स्थानीय नेताहरुले संविधान संशोधनभन्दा अगाडी हुने कुनै पनि निर्वाचन आफूहरुलाई मान्य नहुने बताएका थिए । सरकारले जवरजस्ती स्थानीय तहको निर्वाचन गराउने प्रयास गर्यो भने मधेसमा कुनै पनि हालतमा सफल हुन नदिने उनीहरुले चेतावनी समेत दिएका छन् । संसदमा दर्ता गराईएको संविधान संशोधन विधेयकमा मधेसको एजेन्डा सम्बोधन नै नगरिएको उनीहरुको दावी छ । मोर्चाले जनकपुरसहित महोत्तरी, सिरहा, सप्तरी सहितका जिल्लाहरुमा पनि लाठी जुलुस प्रर्दशन गरेको हो । त्यसैगरी मोर्चाको पूर्वघोषित कार्यक्रम अनुसार शनिबार स्थानीय तिरहुतिया गाछीमा विरोधसभाको आयोजना गरिने समेत जनाईएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports