Incident Reports

बलात्कार प्रयासको आरोपमा हतियारसहित गिरफ्तार l

2013-05-12

Karnali, Kalikot, Khandachakra

Kali Bahadur Malla कालिकोट । वैशाख ३० गते मान्म गाविसकी एक एकल महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा सोही गाविसका जैदन खड्कालाई वैशाख २९ गते राति प्रहरीले एकथान भरुवा वन्दुक सहित पक्राउ गरेको छ । आफ्नी १५ वर्षीया छोरीको साथमा घरमा सुतेकी ती महिलालाई पीडक खड्काले बलात्कार गर्न नदिए गोलीहानी हत्या गर्ने धम्की दिइरहेको वेला छिमेकीले थाहा पाई जिल्ला प्रहरी कार्यालयमा खवर गरेपछि राति नै प्रहरीले अभियुक्तलाई गिरफ्तार गरेको प्रहरीले बताएको छ । यस अघि आफूमाथि खड्काले बलात्कार गर्न प्रयास गरेकोमा आफूले प्रतिकार गरेको र यसपटक हतियार सहित आएको पीडित महिलाले बताएकी छिन । यसैबीच अभियुक्तलाई कारबाहीको माग राख्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा वैशाख ३० गते जाहेरी दिएकी छन् । कालीबहादुर मल्ल

0 Comments

Related Reports
Related Trend Analysis