Incident Reports

मधेसी मोर्चाद्वारा सिरहामा लाठी जुलुस प्रदर्शन

2017-04-20

Madhes, Siraha, Lahan

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार संयुक्त मधेसी मोर्चाले स्थानीय तह निर्वाचनको विरोध स्वरुप लहानमा लाठी जुलूस निकालेको छ । मोर्चाका नेता तथा कार्यकर्ताहरूले स्थानीय तहको निर्वाचन बहिष्कार गर, मधेसको माग सम्बोधन गर, अधिकार सहितको संविधान बनाऊ लगायतका नारा लगाएका थिए । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत लहानको एनएमबी बैङ्क अगाडिबाट निकालेको जुलूस लहान बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । त्यसैगरी सिरहाको सिरहा, धनगढी, मिर्चैया, गोलबजार लगायतका नगरपालिकामा जुलूश निकालेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports