Incident Reports

मोर्चाका कार्यकर्ताले विथोले निर्वाचन शिक्षा तालिम, १३ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

2017-04-21

Madhes, Dhanusha, Janakpur

निर्वाचन कार्यालय धनुषाले शुक्रबार जनकपुर १४ मुजेलियाको सभाकक्षमा आयोजन गरेको निर्वाचनसम्बन्धी तालिम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले विथोलेका छन् । यस क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएका थिए । मुजेलियास्थित सडक डिभिजन कार्यालयको सभाकक्षमा आयोजित मतदाता शिक्षा तालिम चलिरँहदा बिहान साढे १० बजे मोर्चाका नेता कार्यकर्ताहरु त्यहाँ पुगी तालिम विथोल्ने प्रयास गरेका थिए । यस क्रममा सुरक्षामा खटेका सुरक्षाकर्मी तथा मोर्चाका नेता कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो । प्रहरीले नवगठित राष्ट्रिय जनता पार्टी सम्बद्ध सञ्जय सिंह, परमेश्वर साह, सतिशलाल दास, प्रमोदकुमार यादवलगायत १३ जनालाई नियन्त्रणमा लिएको थियो । ११ बजे पक्राउ परेका मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अढाई घण्टापछि रिहा गरेका थिए । मोर्चा नेताहरु जिल्ला प्रहरी कार्यालय ल्याएलगत्तै प्रदर्शनकारीहरुको भीड जिल्ला प्रहरी कार्यालय अगाडि लाग्न थालेको थियो । उनीहरुले आफ्ना नेताको रिहाइको माग गर्दै चर्का नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुलाई तितरबितर पारेपछि, कडा सुरक्षाबीच अपरान्ह पुन: तालिम सुरु गरिएको थियो तर, मोर्चाका नेता कार्यकर्ताहरुले जनकपुर–ढल्केवर सडक अवरुद्ध गरी प्रदर्शन गर्न थाले पछि तालिम रोकिएको थियो । विघटित सद्भावना पार्टी जिल्ला अध्यक्ष सञ्जय सिंहले स्थानीय तह निर्वाचनलाई लक्षित गरी गरिने जुनसुकै कार्यक्रमलाई विथोल्ने चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Secondary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports