Incident Reports

निर्वाचन अधिकृत चढेको गाडीमा ढुंगामुढा

2017-04-21

जिल्ला सदरमुकाम नजिकको पाल्ही नन्दन गाउँपालिकामा निर्वाचन कार्यालय स्थापनाको लागि निरीक्षणमा गएका निर्वाचन अधिकृत चढेको गाडीमा मधेसी दलका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । पाल्ही नन्दन गाउँपालिकाकाको कुस्मामा निर्वाचन अधिकृतको कार्यलय स्थापनाका लागि गएकी निर्वाचन अधिकृत शशी पौडेल चढेको निजी बा १५ च ४६५१ नम्बरको स्कार्पियो गाडीमा ढुंगामुढा गरेका हुन् । त्यो गाडी पाल्ही नन्दन गाउँपालिकाले कार्यालय प्रयोजनका लागि भाडामा लिएको हो । नन्दन गाउँपालिका चार दिनपछि कुस्मामा निर्वाचन कार्यालय स्थापना गर्नका लागि शुक्रबार दिउँसो निरीक्षण गरेर फर्किंनलाग्दा स्थानीय मधेसी दलका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । प्रहरीले आक्रमणबाट गाडीको सिसा फुटेको जानकारी दिएको छ । निर्वाचन अधिकृतसहितको टोलीले भागेर ज्यान जोगाएको स्थानीयले बताए । कुस्सा गाविसमा निर्वाचन कार्यालय स्थापना गर्न सुरक्षाकर्मीसहित टोली गएको थियो । गाविसको कार्यालयमा स्थानीय बासिन्दाले निर्वाचन कार्यालय खोल्न नदिने भन्दै बिहीबार ताला लगाएको थिए । स्थानीयले गाउँपालिकाको काम गर्न अवरोध नगर्ने तर, निर्वाचन कार्यालय स्थापना हुन नदिने भन्दै बिहीबार बिहान तालाबन्दी गरेका थिए । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र सुरक्षाकर्मीसहित पुगेको टोलीले कार्यालय स्थापना गर्न ताला फोडेका थिए । टोली फर्किंदै गर्दा स्थानीयले ढुंगामुढा गरेका हुन् । नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले आक्रमणकारीको खोजी भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports