Incident Reports

रामपुर क्याम्पसमा फेरि झडप, ३ जना विद्यार्थी घाइते

2017-04-25

Bagmati, Chitawan, Bharatpur, Ward 15

RSS चितवनको कृषि तथा वनविज्ञान विश्वबिद्यालय अन्तर्गत रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा ३ जना विद्यार्थी घाइते भएका छन् । झडपमा बिएससीएजी पढ्ने अनेरास्ववियुका विद्यार्थीहरू चुडामणि पन्त, बिशाल मोदी र गोपाल थापा घाइते भएका हुन् । चुडामणि पन्तको दुबै खुट्टाको नलीहाडमा रडले हानिएको छ भने, मोदीको टाउकोमा चोट लागेको छ । उनीहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । लाइब्रेरी, होस्टल र खाना खाँदै गर्दा बिभिन्न ठाउँमा विद्यार्थीहरूका वीचमा झडप भएको थियो । घटनाका बारेमा आफूलाई पूर्ण जानकारी नभएको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले बताए । गत बैशाख ८ गते पनि दुई संगठनका वीचमा झडप भएको थियो । झडपमा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका थिए । नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । झडप पछि क्रान्तिकारीले डीनको कार्यालयमा लगाएको ताला आपसी वार्ता र छलफल पछि अब झगडा नगर्ने सहमतिमा हिजो सोमबार खुलेपनि मंगलबार फेरि झडप भएको हो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 6
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth youth
Total Injured 2
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi , Local Newspaper - Saptari

0 Comments