Incident Reports

लिम्बुवान कार्यकर्ता र प्रहरीबीच झडप

2017-04-25

Province 1, Sunsari, Itahari

संघीय गठबन्धन संयुक्त लिम्बुवान मोर्चाका कार्यकर्ता र प्रहरीबीच मंगलबार इटहरीको बुधहाट लाइनमा झडप हुँदा चार प्रहरी घाइते भएका छन् । दर्जनभन्दा बढी सवारी साधन तोडफोड गरिएको छ । संविधान संशोधनमा आफ्ना मागहरू सम्बोधन हुनुपर्ने भन्दै दबाब दिन संघीय गठबन्धनले लाठीसहितको जुलुस प्रर्दशन गरेको थियो । मुख्य चौरास्तामा कोणसभा हुनुअघि बजार परिक्रमा गर्ने क्रममा लिम्बुवान मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । कार्यकर्ताले विजय बराइलीको घडी पसल र भरत साहको पसलको सिसा तोडफोड गरेका छन् । झडपमा प्रहरी जवान वीरेन्द्र तामाङ, हरि सुवेदी, भुपाल विष्ट र सुरेन्द्र अधिकारी घाइते छन् । उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । निर्वाचन आचारसंहिता विपरीत लाठी बोकेर जुलुस प्रदर्शन गरिरहेकाले खोस्ने क्रममा सामान्य घम्साघम्सी भएको डीएसपी नरेशराज सुवेदीले बताए । संघीय लिम्बुवान मञ्चका महासचिव अशोक चेम्जोङले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले नै घुसपैठ गरेर ढुंगा हानेपछि कार्यकर्ताहरूले प्रतिकार गरेको बताए । विषेश क्षेत्रका आधारमा भौगोलिक विभाजन गर्नुपर्ने माग लिम्बुवान मोर्चाले राख्दै आएको छ । ती माग पूरा गराउन दबाब दिने उद्देश्यले जुलुस प्रदर्शन र कोण सभाको आयोजना गरिएको उनले बताए । उद्योग वाणिज्य संघ झुम्काका उपाध्यक्ष खगेन्द्र साहलगायतका दर्जन सवारीमा आन्दोलनकारीले तोडफोड गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth unknown
Actor 2 - Number of people 70
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
Totally damaged Vehicles 12
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports