Incident Reports

निर्वाचनको विरोधमा विप्लव माओवादीको प्रदर्शन

2017-04-25

Bagmati, Kathmandu, Kathmandu, Ward 28

Online Desk संसदीय व्यवस्था र स्थानीय निर्वाचन खारेजीको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले वैशाख १२ गते काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । ‘शान्ति, समानता, स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापना गरौँ’ भन्ने नाराका साथ आयोजित उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीको उपत्यका व्यूरो इञ्चार्ज सन्तोष बुढामगरले जिल्लाहरूमा आयोजित शान्तिपूर्ण प्रदर्शनहरूमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए । मानव अधिकारकर्मी तथा सञ्चारकर्मीको पहल र अनुगमनका कारण आजको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न नसकेको उनले बताए । संसदीय व्यवस्थाले देशमा अशान्ति ल्याएकोले संसदीय व्यवस्था खारेजीको माग गरेको उनले बताए । भूकम्प पीडितलाई राहत दिन र उनीहरूको वैकल्पिक बासको व्यवस्था गर्न उनले माग गरे । आफ्ना कार्यकर्ता ललितपुर जिल्लाका अध्यक्ष सुरेश लामालाई वैशाख ११ गते प्रहरीले लगनखेलबाट गिरफ्तार गरी पीडित परिवारलाई समेत भेट्न नदिएको बताउँदै उनले पीडित परिवारलाई न्यायका लागि पहल गरिदिन मानव अधिकारकर्मीसँग उनले आग्रह गरे । राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जनअधिकार अभियानलगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूले प्रदर्शनको अनुगमन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports