Incident Reports

जाजरकोट एमाले पार्टी कार्यालयमा तालाबन्दी

2017-04-27

Karnali, Jajarkot, Bheri

नेकपा एमालेको पार्टी कार्यालय जाजरकोटमा एमालेकै नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् । कुशे गाउँपालिकाका लागि अध्यक्षको उम्मेद्वार छनौट प्रक्रिया विपरित भएको भन्दै साेही गाउँपालिकाका पार्टीका कार्यकर्ताले बिहीबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कुशे गाउँपालिकामा नेकपा एमालेले अध्यक्षको उम्मेद्वार छनौट प्रक्रियामा पक्षपात र गुटबन्दी गरेकाे जिल्ला कमिटी सदस्य एवं पार्टी कार्यालय सचिव दीपबहादुर थापाले आरोप लगाए । यता नेकपा एमालेले भने साविकको ढिमे गाविसमा मतदाता संख्या बढी भएकोले कुशे गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष ढिमेले पाउनुपर्ने दाबी गरेका थियो । दाबी गरे अनुरुप कुशे गाउँपालिका कमिटीले साविकको ढिमे गाविस समाईलाका प्रेमप्रसाद घर्तीलाई अध्यक्षमा सिफारिस गरेको थियो । घर्तीलाई अध्यक्षमा सिफारिस गरेपनि एमालेले भने अध्यक्षको मनोनयन पत्र (टिकट) अर्छानीका तप्तबहादुर हमाललाई दिएको छ । हमाललाई टिकट दिएको भन्दै घर्तीका समर्थकहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । नेकपा एमाले केन्द्रिय कमिटीको निर्णय अनुसार पार्टी प्रतिको योग्दान, जनमत संकलन गर्न उम्मेद्वारलाई दिने भनिएता पनि योग्यता र क्षमताको कदर नगरी यस्तो निर्णय गरिएको भन्दै यसको न्यायोचित निर्णय नहुँदा सम्म ताला नखोल्ने कुशे गाउँपालिका कमिटीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Surkhet

0 Comments

Related Reports