Incident Reports

इँटाभट्टामा कार्यरत तीन जना बालश्रमिकको उद्धार

2017-04-28

Bagmati, Bhaktapur, Bhaktapur

इँटा भट्टामा कार्यरत दाङ धनवरी-१ का १३ वर्षीय विवेक राणा, रोल्पाका १४ वर्षीय लोकेन्द्र विष्ट र रोल्पा घर्तीगाउँका १२ वर्षीय डिप्लव घर्तीको उद्धार गरेको हो । उद्धारकै क्रममा रोल्पा गुम्चाका ११ वर्षीय देवेन्द्र रोक्का, रोल्पाकै १३ वर्षीय अर्जुन केसी भने शौच गर्न जाने बाहनामा भागेका थिए । भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका सल्लाहकारसमेत रहेका प्रकाशराम जाकिबञ्जारले सञ्चालन गरेको उक्त इँटा भट्टामा अत्याधिक रूपमा बालश्रमिकको प्रयोग भएको पाइएको जिल्ला बालकल्याण समितिले जनाएको छ । बालबालिकालाई श्रममा लगाउने इँटा भट्टा सञ्चालकलाई कारबाहीका लागि श्रम कार्यालयलाई जानकारी गराई आवश्यक कारबाही अगाडि बढाउने जिल्ला बालकल्याण समितिका सदस्य सचिव एवम् महिला तथा बालवालिका कार्यालयकी प्रमुख निला घिमिरेले जानकारी दिइन् । उद्धार गरेका बालबालिकालाई बालविकास समाजले आफ्नो संरक्षणमा राखेर परिवारसँग पुनर्मिलन गराउने बालविकास समाजका कार्यक्रम निर्देशक किरण थापाले बताए । सविना केसी

0 Comments