ANNFSU protesting impeachment motion filed against Chief Justice Sushila Karki at the parliament staged a torch rally on Sunday evening. The impeachment motion was filed against CJ Karki by Nepali Congress and the ruling CPN (Maiost Centre), and was signed by 249 parliamentarians. The rally starting from Bagbazar was ended at Ratna Park. The student leaders chanting slogans against government asked to revoke the impeachment against CJ Karki. The Union has declared to continue the protest until the impeachment is revoked, and make the protest programs public organizing a press meeting on Monday.
प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावको विरोधमा एमालेनिकट अनेरास्ववियूले आईताबार साँझ मसाल जुलुस निकालेको छ ।
प्रधानन्यायाधिश कार्कीमाथि सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सासंदले महाअभियोग प्रस्ताव संसदमा दर्तापछि त्यसको विरोधमा मसाल जुलुस निकालिएको हो ।
बाघबजारबाट सुरु भएको मसाल जुलुस रत्नपार्कस्थित आकाशेपुलमा पुगेर समापण्न भएको थियो । जुलुसमा सहभागी भएका विद्यार्थी नेताहरुले सरकार विरुद्ध चर्का नाराबाजी गराउँदै प्रधानन्यायाधिश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल खारेज गर्न माग गरेका छन ।
अनेरास्ववियूले प्रधानन्यायाधिश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएको छ । संगठनकी अध्यक्ष नविना लामाले सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी पनि दिइन्।