Incident Reports

महाअभियोगविरुद्ध अखिलको मसाल जुलुस, सोमबार आन्दोलनको घोषणा हुने

2017-04-30

Bagmati, Kathmandu, Kathmandu, Ward 28

प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावको विरोधमा एमालेनिकट अनेरास्ववियूले आईताबार साँझ मसाल जुलुस निकालेको छ । प्रधानन्यायाधिश कार्कीमाथि सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सासंदले महाअभियोग प्रस्ताव संसदमा दर्तापछि त्यसको विरोधमा मसाल जुलुस निकालिएको हो । बाघबजारबाट सुरु भएको मसाल जुलुस रत्नपार्कस्थित आकाशेपुलमा पुगेर समापण्न भएको थियो । जुलुसमा सहभागी भएका विद्यार्थी नेताहरुले सरकार विरुद्ध चर्का नाराबाजी गराउँदै प्रधानन्यायाधिश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल खारेज गर्न माग गरेका छन । अनेरास्ववियूले प्रधानन्यायाधिश कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएको छ । संगठनकी अध्यक्ष नविना लामाले सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी पनि दिइन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments