Incident Reports

बलात्कारको प्रयास गर्ने एक गिरफ्तार l

2013-05-14

Bagmati, Dolakha, Gaurishankar

Uddhav Pokharel दोलखा । जेठ १ गते सदरमुकाम चरिकोटमा कक्षा ११ को परीक्षा दिन आएकी एक युवतीलाई जुँगु गाविस घर भइ चरिकोटमा होटल व्यवसाय गर्दै आएका अशोक बस्नेतले वैशाख ३१ गते राती बलात्कारको प्रयास गरेको आरोपमा उनलाई प्रहरीले गिरफ्तार गरेको छ । भीमेश्वर नपा-१ चरिकोटको सुपर स्टार होटलमा परीक्षाका लागि बस्दै आएकी ती युवतीलाई सोही होटलका मालिक बस्नेतले बलात्कारको प्रयास गरेका हुन् । दिउँसो होटलको कोठामा एक्लै बसेको समयमा बलात्कारको प्रयास गरेकोमा युवती उम्कन सफल भएपछि स्थानीयको सहयोगमा बस्नेतलाई समाती हिजै जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । युवतीले प्रतिकार गर्दा होटल मालिक बस्नेतको घाँटीमा चोट लागेको छ । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis