The clash erupts between cadres of UML and Nepali Congress at Tripurasundari municipality ward number 1 on Wednesday.
Cadres of UML went to the election commission to register dissatisfaction against the candidacy of Netra Bahadur Budha Thapa forward chairperson from Nepali Congress and Chandrakhar Budha for member from Nepali Congress which led to a clash between the cadres of Nepali Congress and UML cadres.
The situation was taken under control by the police right after the clash.
त्रिपुरासुन्दरी नगरपालिका वडानम्बर १ त्रिपुराकोटस्थित निर्वाचन कार्यालयमा बुधबार अपरान्ह काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका २ को वडाअध्यक्ष र सदस्यमा नेपाली काँग्रेसका तर्फबाट मनोनयन दर्ता गरेका नेत्रबहादुर बुढा थापा र चन्द्रखर बुढाविरुद्ध नेकपा एमालेका कार्यकर्ताहरुले निर्वाचन कार्यालयमा दावी बिरोध लगाउन गएपछि झडप भएको हो ।
काँग्रेसका उम्मेदवार नेत्रबहादुर बुढा र चन्द्रखर बुढाबिरुद्द दावी बिरोध गर्न एमालेको समुह निर्वाचन कार्यालयमा भित्र पस्न खोज्दा काँग्रेस कार्यकर्ताले दावी बिरोधको पत्र खोसेर च्यातिदिएपछि दुई पक्षबीच झडप भएको निर्वाचन कार्यलय त्रिपुराकोटका निर्वाचन अधिकृत प्रहलाद कुमार कार्कीले बताए ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका तुलाचन्द्र बुढासहितको केहि समुहले निर्वाचन अधिकारीहरुसंग मिलेर गोप्य रुपमा काँग्रेसका उम्मेदवारबिरुद्द दावी बिरोध लागउन थालेका छन् भन्ने खबर आएपछि काँग्रेसको ठुलो समुह निर्वाचन कार्यालयमा पुगेर एमालेका कार्यकर्ताबाट बिरोधपत्र खोसेर च्यातिदिएपछि झडप भएको काँग्रेस पाटी सचिव नयन्द उपाध्यायले बताए ।
झडपलगतै स्थितिलाई नियन्त्रणमा लिएको प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज रोमहर्ष सिजवालले बताए ।