Supporters of Monarchay and Hindu state Nepal burned the effigy of Raprapa chairperson Kamal Thapa on Sunday during a protest in Birgunj. The protest demonstration was organized by National Citizen's Struggle Committee comprising Shiva Sena, Nationalist Association amongst others. The protestors also chanted slogans against Kamal Thapa, accusing him of relinquishing the agenda of Hindu state and monarchy, promoting which Raprapa had garned significant votes.
वीरगन्जमा आइतबार साँझ राजा र हिन्दुवादीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको पुत्ला जलाएका छन्।
संविधान सभामा हिन्दु राष्ट्र कायम गराउने र राजासहितको प्रजातन्त्र स्थापित गराउने नारा दिएर जितेको र चौथो दल बनिसकेपछि विदेशी पैसा लिएर विचार फेरेको भन्दै थापाको पुत्ला जलाइएको सहभागीहरुले बताएका छन्।
नेपाल विद्वत परिषद्, राष्ट्रवाद संघ, शिव सेना, देशभक्त राजभक्त समूह सम्मिलित राष्ट्रिय नागरिक संघर्ष समितिले वीरगन्जको घन्टाघर चोकमा भेला भई थापाको पुत्ला जलाएका थिए। पुत्ला दोहनपछि सहभागीहरुले थापाविरुद्ध भाषण तथा नारावाजी गरेका थिए।
थापाले लामो समयदेखि मतदातालाई धोका दिँदै आएकोले उनको पुत्ला जलाइएको विद्वत परिषद्का मध्यमाञ्चल संयोजक नरेश गिरीले सेतोपाटीलाई बताए।