Incident Reports

वीरगन्जमा राजा र हिन्दुवादीले जलाए कमल थापाको पुत्ला

2017-04-30

Madhes, Parsa, Birgunj

वीरगन्जमा आइतबार साँझ राजा र हिन्दुवादीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको पुत्ला जलाएका छन्। संविधान सभामा हिन्दु राष्ट्र कायम गराउने र राजासहितको प्रजातन्त्र स्थापित गराउने नारा दिएर जितेको र चौथो दल बनिसकेपछि विदेशी पैसा लिएर विचार फेरेको भन्दै थापाको पुत्ला जलाइएको सहभागीहरुले बताएका छन्। नेपाल विद्वत परिषद्, राष्ट्रवाद संघ, शिव सेना, देशभक्त राजभक्त समूह सम्मिलित राष्ट्रिय नागरिक संघर्ष समितिले वीरगन्जको घन्टाघर चोकमा भेला भई थापाको पुत्ला जलाएका थिए। पुत्ला दोहनपछि सहभागीहरुले थापाविरुद्ध भाषण तथा नारावाजी गरेका थिए। थापाले लामो समयदेखि मतदातालाई धोका दिँदै आएकोले उनको पुत्ला जलाइएको विद्वत परिषद्का मध्यमाञ्चल संयोजक नरेश गिरीले सेतोपाटीलाई बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments