Incident Reports

कांग्रेसको उम्मेदवार चयनमा पौडेलको आपत्ति, केन्द्रीय कार्यालयमा कुटाकुट

2017-05-05

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्दा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको र कृष्ण सिटौलालाई भागबण्डामा सामेल गरेको भन्दै रामचन्द्र पौडेलले आपत्ति जनाएको छ । जिल्लाबाट आएको सिफारिसलाई केन्द्रमा उल्ट्याएको आरोप लगाउँदै पौडेलले आपत्ति जनाएका हुन् । यता काठमाडौंको टिकट वितरणमा प्रकाशमान सिंहले मनपरि गरेको भन्दै भिमसेनदास प्रधान पक्षले पार्टी कार्यालयमा नाराबाजी गरेको छ । काठमाडौं कांग्रेसका पूर्वसभापति तथा सांसद प्रधानसँगै गएका एक हुल युवाले नाराबाजी गर्नुको साथै प्रकाशमान निकट एक कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेपछि तनाव सिर्जना भएको थियो । श्रेष्ठलाई चक्कु प्रहार गर्न खोज्दा प्रहरीले जोगाएको प्रत्यक्षदर्शीले बताए । ललितपुर, भक्तपुर, धादिङ, चितवन लगायतका जिल्लामा सभापति देउवाले जिल्लाको सिफारिस विपरित टिकट दिएको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका थिए । पौडेलले पत्रकारहरुसँग भने- सभापतिजी तानाशाही शैलीमा अघि बढ्नुभयो । देउवाले चितवनमा टेकप्रसाद गुरुङलाई टिकट नदिई कृष्ण सिटौला समूहका दिनेश कोइरालालाई दिएकोमा पौडेलले असहमति जनाएका थिए । त्यस्तै ललितपुरमा पनि अरुको कुरै नसुनी देउवाले आफ्नो गुटका चिरिबाबु महर्जनलाई टिकट दिएकोमा पौडेलको आपत्ति रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Chitwan

0 Comments

Related Reports