Incident Reports

चितवनमा काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

2017-05-06

Bagmati, Chitawan, Khairahani, Ward 9

खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा८च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो । बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उनले बताउनुभयो । गाडीको अगाडिको सिसा चर्किएको छ । रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उनले बताए । बम प्रहार गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Reports