Incident Reports

माओवादीद्वारा नयाँ शक्तिका कार्यकर्ता माथि आक्रमण, चार घाईते

2017-05-06

Gandaki, Gorkha, Gorkha, Ward 9

शनिवार साँझ माओवादी केन्द्रका कार्यकर्ताले नयाँ शक्तिका कार्यकर्ता माथि आक्रमण गरेका छन्। चुनाव प्रचारको क्रममा बोलेरो जिप चढेर गोरखाको लक्ष्मीबजार देखि सदरमुकाम तर्फ आउँदै गरेको नयाँ शक्तिका कार्यकर्तालाई गोनपा ९ लक्ष्मीबजारमा गाडी रोकेर एक्कासी कुटपिट गरेको नयाँ शक्तिका नगरपालिकाका मेयर उम्मेदवार ज्ञानेन्द्र कुमालले बताए। माओवादीले नयाँ शक्तिले चुनाव प्रचारमा प्रयोग गरेको ग २ च ३३६४ नम्बरको बोलेरो जिप तोडफोड गरेका छन्। मेयर उम्मेदवार ज्ञानेन्द्र कुमालको बा ३७ प २६०४, बा ४० प ६४२७ नम्बरको मोटरसाईकमा पनि तोडफोड गरेका छन्। माओवादी कार्यकर्ताले एक्कासी गाडीमाथि आक्रमण गरेको र त्यहाँ रहेको कार्यकर्तालाई कुटपिट गरेको नयाँ शक्तिले जनाएको छ। कुटपिटबाट सुवास कुमाल, भिमबहादुर कुमाल, तिलक रम्तेल र दिपक कुमाल घाईते भएका छन्। उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ। माओवादी केन्द्रले भने आक्रमण गर्ने कुनै योजना नभएको जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए। ‘कुनै कुट्ने योजना छैन, हाम्रा कार्यकर्ताले होईन होला’ उनले घटनाबारे पत्तो नभएजस्तो गरी प्रतिक्रिया दिए। नयाँ शक्तिका कार्यकर्ताले भने एक्कासी बाटो छेकेर आक्रमण गरेको दावी गरेको छ। गोरखा नगरपालिकामा नयाँ शक्तिबाट पूर्व सभासद ज्ञानेन्द्र कुमाल र माओवादी केन्द्रबाट कृष्ण राना उम्मेदवार छन्। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई चुनाव प्रचार प्रसारमा शनिवार गृहजिल्ला आएकै दिन कार्यकर्ता कुटिएका छन्। कार्यकर्ता आक्रमणको बिरोधमा केही बेर नयाँ शक्तिका कार्यकर्ताले सडकमा नाराजुलुस गर्दा सडक अवरुद्ध भएको थियो । ठूलो संख्यामा प्रहरी परिचालन गरि सडक सुचारु गरिएको भएपनि दुबै पक्षका कार्यकर्ता ठाउँमा ठाउँमा झुण्ड भएर बसेकाले जुनसुकै बेला झडप हुन सक्ने स्थानीयको अनुमान छ। जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेयले नयाँ शक्तिका कार्यकर्तामाथि कुटपिट भएको र कुटपिट गर्नेको खोजी गरिरहेको बताए। उनले भने ‘अहिले अवस्था समान्य छ, हुन सक्ने संभावित घटनालाई मध्येनजर गर्दै प्रहरी परिचालन बढाएका छौँ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Naya Shakti
Actor 2 - Youth unknown
Total Injured 4
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports