Incident Reports

Two temporary police injured in attack

2017-05-04

Lumbini, Palpa, Tansen

Two temporary police was beaten up by a collegue under the influence of alochol on Thursday night in Palpa. According to the police, temporary police Om Bahadur Thadrai and Sangam Thadrai was attacked by their collegue Sunil Hitang and his two other friends. Both got sustained injuries in a attack. According to the police, Hitang attacked Om and Sangam with iron rod and bricks while they were taking alcohol. Meanwhile, Sunil has been arrested for further investigation. पाल्पामा म्यादी प्रहरीले रक्सी खाएर आफन्र सहकर्मी म्यादी प्रहरीलाई कुटेका छन् । राशन र पोषाक भत्ता बुझेकै दिन बिहीबार राति रक्सी खाएका म्यादी प्रहरी सुनिल हिताङ्गले दुई म्यादी प्रहरी ओम बहादुर ठडराई र संगम ठडराईलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तालिम सकेपछि घर फर्किदै गरेका ओम बहादुर र संगम ठडराईलाई दुई युवाको सहयोगमा सुनिल हिताङ्गले सुरक्षाका लागि दिइएको लाठीले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रमेश पन्डितले बताउनुभयो । घाइते दुईजनाको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ । खाजा खाइरहेको बेला होटलमा आएर सुनिल हिताङ्गले लट्ठी, ईट्टा र फलामको रडले आक्रमण गरेको घाइते ओम बहादुर ठडराईले जानकारी दिनुभयो । आक्रमणमा संलग्न सुनिलका दुई साथीहरु विवेक र नविन फरार रहेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने सुनिललाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राशन भत्ता र पोशाक खर्च गरी बिहीवार बेलुकी म्यादी प्रहरीलाई नौ हजार ६९ रुपैयाँ दिइएको थियो । श्रीनगर डाँडामा तालिम सकेर पैसा दिइएको र पैसाको सही प्रयोग गर्न भनेको एक घण्टा नबित्दै रक्सी खाएका म्यादीले म्यादीलाई नै कुटेको प्रहरी नायव उपरीक्षक पन्डितले बताउनुभयो । कुटपिटमा संलग्न तानसेन–५ कैलाशनगरका म्यादी प्रहरी सुनिल हिताङ्गले आफ्ना साथीहरु विवेक रुचाल र नविन गैरेसँग म्यादीका ओम बहादुर र संगम भगडा गरेकाले आक्रमण गरेको बताएका छन् । कुटाई खाएका ओम बहादुर र संगम ठडराई ठिमुरे पोरक्नेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments