Incident Reports

म्यादी प्रहरीले रक्सी खाएर आफ्नै सहकर्मीलाई कुटे

2017-05-04

Lumbini, Palpa, Tansen

पाल्पामा म्यादी प्रहरीले रक्सी खाएर आफन्र सहकर्मी म्यादी प्रहरीलाई कुटेका छन् । राशन र पोषाक भत्ता बुझेकै दिन बिहीबार राति रक्सी खाएका म्यादी प्रहरी सुनिल हिताङ्गले दुई म्यादी प्रहरी ओम बहादुर ठडराई र संगम ठडराईलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तालिम सकेपछि घर फर्किदै गरेका ओम बहादुर र संगम ठडराईलाई दुई युवाको सहयोगमा सुनिल हिताङ्गले सुरक्षाका लागि दिइएको लाठीले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रमेश पन्डितले बताउनुभयो । घाइते दुईजनाको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ । खाजा खाइरहेको बेला होटलमा आएर सुनिल हिताङ्गले लट्ठी, ईट्टा र फलामको रडले आक्रमण गरेको घाइते ओम बहादुर ठडराईले जानकारी दिनुभयो । आक्रमणमा संलग्न सुनिलका दुई साथीहरु विवेक र नविन फरार रहेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने सुनिललाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राशन भत्ता र पोशाक खर्च गरी बिहीवार बेलुकी म्यादी प्रहरीलाई नौ हजार ६९ रुपैयाँ दिइएको थियो । श्रीनगर डाँडामा तालिम सकेर पैसा दिइएको र पैसाको सही प्रयोग गर्न भनेको एक घण्टा नबित्दै रक्सी खाएका म्यादीले म्यादीलाई नै कुटेको प्रहरी नायव उपरीक्षक पन्डितले बताउनुभयो । कुटपिटमा संलग्न तानसेन–५ कैलाशनगरका म्यादी प्रहरी सुनिल हिताङ्गले आफ्ना साथीहरु विवेक रुचाल र नविन गैरेसँग म्यादीका ओम बहादुर र संगम भगडा गरेकाले आक्रमण गरेको बताएका छन् । कुटाई खाएका ओम बहादुर र संगम ठडराई ठिमुरे पोरक्नेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports