Incident Reports

आर्थिक विषयलाई लिएर आफ्नै बहिनी ज्वाई माथि आक्रमण

2017-04-24

Madhes, Dhanusha, Mithila, Ward 12

लिएको पैसा पचाउन धनुषामा आफ्नै बहिनी ज्वाईमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको छ । धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुर बस्ने ३५ वर्षका कृष्ण महतोमाथि उनका आफ्नै जेठान लक्ष्मीनिवास १ का रामबाबु महतो लगायत चारवटा मोटर साइकलमा आएका एक दर्जन व्यक्तिहरुले घरमै पुगेर ज्यानै लिने गरी आक्रमण गरेको पिडीतले बताएका छन् । सोमबार आफ्नै घरमा बसिरहेका बेला मोवाईलको निहु बनाएर उनीहरुले काठको चिरपट, हात मुक्का र लातले आक्रमण गरी आफुलाई घाईते बनाएको कृष्णले पिडा पोखेका छन् । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । आक्रमण गरेर भाग्न खोज्ने क्रममा उनीहरुको एउटा मोटरसाईकल छुटेको छ । मोटरसाईकल ईलाका प्रहरी कार्यालय ढल्केवरले आफ्नो नियन्त्रणमा लिएको छ । घाइते कृष्णका अनुसार आफ्नै जेठान करिब ६ वर्षअघि लिएको ३५ हजार र पछि लिएको केही रकमहरु पचाउन आफुमाथि ज्यान लिने गरी आक्रमण गरेको आरोप लगाएका छन् । यता ईलाका प्रहरी कार्यालय ढल्केवरले आक्रमण गर्नेहरुको खोजी कार्य र अनुसन्धान जारी रहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Siraha , Local Newspaper - Dhanusha

0 Comments

Related Reports