Incident Reports

प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

2017-05-04

Lumbini, Bardiya, Gulariya

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट वैशाख २१ गते गिरफ्तार गरेको छ । सदरमुकाम गुलरिया स्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा बैठक बसिरहेको अवस्थामा बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित जिल्ला समिति सदस्य दिलबहादुर कसेरा, चन्द्रवीर परियार, जयबहादुर ठाडा, जीवन नेपाली, चन्द्रप्रसाद आचार्य, शिवुटी थारू, डम्मर परियार, विचार महतरालगायतका १३ जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । निर्वाचन विरोधी गतिविधि गरेको पर्चा पम्प्लेट भेटिएकाले उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहराले जानकारी दिए । बैठक स्थलबाट प्रहरीले १८ जना कार्यकर्ता गिरफ्तार गरेको सो पार्टीका जिल्ला सेक्रेटरी गणेश अर्यालले जानकारी दिए । शान्तिपूर्ण बैठक बसिरहेको अवस्थामा गिरफ्तार गर्नु अलोकतान्त्रिक भएको भन्दै उनले आफ्ना कार्यकर्ता रिहाइको माग गरे । मानबहादुर चौधरी
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 13
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports