Incident Reports

बम बनाउने सामाग्रीसहित नेकपाका अञ्चल ब्युरो प्रमुखसहित चार पक्राउ

2017-05-07

Madhes, Mahottari, Bardibas

महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आइतवार नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । उनीहरुका साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाइने घडी, तार दुई थान, डेटोनेटर छ थान,महोत्तरीको नक्सा, स्थानीय निर्वाचन खारेज गर लेखिएको पर्चा तीन सय थान र नेपाली काँग्रेस पार्टीको स्टिकर दुई सय थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउबारे आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिने बताइएको छ । –रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports