Incident Reports

काङ्ग्रेस उम्मेदवारद्वारा आचारसंहिता विपरीत ठूलो झण्डा प्रयोग

2017-05-06

Gandaki, Tanahun, Shuklagandaki

 तनहुँमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहितको उल्लङ्घन गर्दै निर्वाचन आयोगले तोकेको भन्दा ठूलो आकारको झण्डा प्रयोग गरि प्रचार गरेको देखिएको छ । वैशाख २१ गते नेपाली काङ्ग्रेसले शुक्लागण्डकी नपाको दुलेगौँडास्थित पृथ्वी राजमार्ग क्षेत्रमा निर्वाचन प्रचार गर्ने क्रममा निर्वाचन आयोगले तोकेको भन्दा ठूलो आकारको झण्डा प्रयोग गरेको हो । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७२ को बुँदा नम्बर ५ को विषयगत आचरणको महलको ६ नम्बर बुँदामा ‘जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १० इन्च ×१८ इन्च भन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न वा गराउन नहुने’ भनी उल्लेख गरिएको छ । नेपाली काङ्ग्रेसले सो बुँदामा उल्लेख गरिएको भन्दा विपरीत ठूलो आकारको झण्डा चुनावी प्रचारमा प्रयोग गरेको हो । यसैबिच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुन ‘उभार’ र सक्रेटरी गोकुल पराजुली ‘योजन’ले वैशाख २१ गते विज्ञप्ति प्रकाशन गरी स्थानीय तहमा उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरूलाई राजिनामा दिएर फिर्ता हुन अनुरोध गरेको छ ।

0 Comments

Related Reports