Incident Reports

भारतीय नागरिक दुई सातापछि अपहरणमुक्त, संलग्न ४ पक्राउ

2017-04-05

Madhes, Saptari, Rajbiraj

दुई साता अघि अपहरणमा परेका भारतीय नागरिक प्रतिप यादवलाई सगरमाथा अंचल प्रहरी कार्यालयको टोलीले मंगलबार सकुसल अपहरणमुक्त गरेको छ । अंचल प्रहरी कार्यालय राजविराजका अनुसार मंगलबार बिहान लहान नगरपालिका-१५ बेताह निवासी रमेस लामाको घरबाट अपहरण मुक्त गरिएको हो । प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा लामासहित सिरहा महादेवा पोर्ताहा-६ का ३५ बर्षिय किसुनदेव यादवलाई घटनास्थलबाटै पक्राउ गरेको छ । यसैगरी घटनामै संलग्न भएको आरोपमा सप्तरीको इटहरी विष्णुपुर-७ का २२ बर्षिय दीपनारायण यादव र सिरहाकै धनगढ़िमाई नगरपालिका-१३ का जयराम यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले अपहरणको मुख्य कारण आर्थिक कारोबार देखिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए । प्रहरीले अपहरण मुक्त भारतीय नागरिकलाई अंचल प्रहरी कार्यालय राजविराजबाट परिवारको जिम्मा लगाउने तयारी गरिरहेको र घटनाबारे विस्तृत अनुसन्धान थालिएको डिएसपी पाण्डेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Local Newspaper - Saptari

0 Comments

Related Reports