Incident Reports

निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै प्रशासन कार्यालय घेराउ

2017-05-08

Bagmati, Nuwakot, Suryagadhi

नेपाली काङ्ग्रेसका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै सूर्यगढी गाउँपालिकाका नेकपा एमाले कार्यकर्ताहरूले वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा एमाले कार्यकर्ताले तीन घण्टा धर्ना दिएका थिए । सूर्यगढी गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार सन्तबहादर तामाङले डिभिजन खानेपानी कार्यालयबाट पाइप लगेर वितरण गर्न खोजेको भन्दै एमालेले विरोध गरेको हो । तामाङले स्थानीय ड्वाचे खानेपानी आयोजनाको नाममा १ हजार २ सय मिटर पाइप वैशाख २४ गते राति लगेर स्थानीयलाई वितरण गर्न खोज्दा नेकपा एमालेका कार्यकर्ताहरूले रोकेका थिए । उक्त पाइप सूर्यगढीको चोकदे प्रहरी चौकीमा राखिएको छ । निर्वाचन आचारसंहिता विपरीत विकासे सामान लगेर बाँड्न खोजेको भन्दै जिल्ला प्रशासनमा कारबाहीको लागि दबाव दिन धर्ना दिएको सूर्यगढी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार विन्दा ढुङ्गानाले बताइन् । नेपाली काङ्ग्रेसका उम्मेदवार सन्तबहादुर तामाङले आयोजनामा नियमित पाइप लगेकोले आचारसंहिता उल्लङ्घन नभएको दावी गरे । प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले नाराजुलुस गर्न आएकाहरूसँग भेटी प्रक्रिया पुर्‍याएर उजुरी दिन आग्रह गरे । उनले उजुरीपछि छानबिन गर्दा उल्लङ्घन भएको पाइएमा कारबाही गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC , Other Sources

0 Comments

Related Reports