Incident Reports

मन्त्रीकै उपस्थितिमा मतदातालाई पैसा बाँडेको आरोप

2017-05-08

Gandaki, Tanahun, Bhanu, Ward 1

निर्वाचन आचारसंहिता विपरित काङ्ग्रेसको सभामा भाषण गर्दै काङ्ग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शङ्कर भण्डारीले आफ्नै उपस्थितिमा वैशाख २५ गते भानु नगरपालिका-१ सालबिस्नेमा मतदातालाई पैसा बाँडेको आरोप लागेको छ । निर्वाचन आचारसंहिता लत्याउँदै वनमन्त्री भण्डारीले सालबिस्नेका मतदातालाई प्रभावित पार्न पैसा बाँडेको भन्दै स्थानीयले विरोध गरेका छन् । पैसा बाँडिएको खबर थाहा पाउने बित्तिकै स्थानीय जनताले विरोध गरेका थिए । स्थानीयको विरोधपछि मन्त्री भण्डारी त्यहाँबाट अन्यत्रै लागेको स्थानीयको भनाइ छ । मतदातालाई पैसा बाँडेको सूचना आएपछि एमाले, माओवादी केन्द्रलगायत स्थानीय नेता र कार्यकर्ता तत्कालै पुगेर विरोध जनाउनुका साथै स्थानीयले घेरा हालेपछि मन्त्री तत्कालै त्यहाँबाट अन्यत्रै लागेको उनीहरूको भनाइ छ । भानु नगरपालिकामा काङ्ग्रेसबाट मेयर पदमा उदयराज गौली र उपमेयर आशा थापा उम्मेदवार छन् । मन्त्री भण्डारीको निर्वाचन क्षेत्र अन्तरगतको सो नगरपालिकामा काङ्ग्रेसका उम्मेदवारलाई जिताउन भन्दै वैशाख २४ गते आएका उनले भानु र पुर्कोटको चुनावी सभामा भाषणसमेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports