Incident Reports

एमालेले आचारसंहिताविपरीत बाँड्न लागेको पाइप र ड्रम वाइसीएलको कब्जामा

2017-05-11

Bagmati, Dhading, Benighat Rorang

फोकस नेपाल संस्थामार्फत बेनिघाट रोराङ गाउँपालिकामा एमालेका उममेदवारले वितरण गर्न लागेको ३ सय मिटर खानेपानी पाईप र प्लास्टिक ड्रम वाइसीएल धादिङले कब्जामा लिएको छ । वाइसीएलका अनुसार बुधबार बिहान १० बजे कब्जामा लिई प्रहरीलाई बुझाइएको हो । एमाले बेनिघाट रोराङ वडा ३ का वडा अध्यक्षका प्रत्यासी भुवन त्रिपाठीले फोकस नेपालको नाममा वितरण गर्न पठाएको पाइप र ड्रम आचारसंहिताविपरीत रहेकोले कब्जा गरी प्रहरीलाई बुझाएको वाइसिएल धादिङका उपाध्यक्ष लक्ष्मण रम्तेलले बताए । अध्यक्षका उम्मेदवार भुवन त्रिपाठीको निर्देशनमा स्थानीय कार्यकर्ता गणेश कँडेलमार्फत वितरण गर्न लागिएको पाईप र ड्रम पूर्णबहादुर तामाङको नेतृत्वमा गएका वाइसीएल कार्यकर्ताले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको उपाध्यक्ष रम्तेलले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports