Incident Reports

Annapurna journalist manhandled by police

2017-05-09

Bagmati, Nuwakot, Bidur

With the day of local elections approaching, violent incidents such as vandalism and clash are taking place in Nuwakot. In a week, more than half a dozen of election related incident took place in Nuwakot only. A micro bus was vandalized on Tuesday night at Bidur, district headquarter. Dev Chandra Bhatta, Annapurna Media Network Nuwakot Representative, had his camera snatched by police on duty while capturing the news about Micro bus (Ba1Ja 9084) being vandalized in main road. Sarada Kharel, Police Constable and Susmita Shrestha, Female Police Personnel also warned him to break his camera also using offensive words. Thus, Bhatta filed case in DPO Nuwakot, DAO and other related authorities demanding action against the accused police for mishandling him and attacking media. आउँदो वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदानको समय नजिकिदै जाँदा नुवाकोटमा तोडफोड तथा झडपमा घटनामा बढ्दै गएको छ । एक साताको अवधिमा नुवाकोटमा मात्र निर्वाचनसंग सम्वन्धित विषय जोडिएर आधा दर्जन घटना भएका छन् । सदरमुकाम विदुरमा सुरक्षाकर्मीकै अगाडि मंगलबार राती एउटा माइक्रोवस तोडफोड भएको छ । झडप र तोडफोडको समाचार संकलन गर्ने क्रममा सुरक्षाजाँचमा खटिएका प्रहरीले अन्नपुर्ण मिडिया नेटवर्कका नुवाकोट प्रतिनिधि देवचन्द्र भट्टमाथि अपशव्द प्रयोग गर्दै क्यामेरा खोसेका छन् । साथै उनीहरुले क्यामेरा फुटालिदिने धम्कीसमेत दिएका छन् । जिल्ला निर्वाचन कार्यालय अगाडि मुख्य सडकमै सुरक्षामा खटिएका एक दर्जन प्रहरीका अगाडि वा१ज ९०८४ नम्वरको माइक्रोबस तोडफोड गरिएपछि समाचार संकलन तथा तस्बिर खिच्दा सुरक्षामै खटिएका महिला प्रहरी हवल्दार शारदा खरेल र महिला प्रहरी जवान सुस्मिता श्रेष्ठले पत्रकार भट्टलाई गालीगलौज र पत्रकारिताप्रति अनर्गल टीकाटिप्पणी गर्दै क्यामेरा खोसेका हुन् । घटनामा संलग्न दोषी प्रहरीलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका देवचन्द्र भट्टले विभिन्न निकायमा उजुरी दिनुभएको छ । पत्रकार भट्टले नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस चौतारी नेपाल केन्द्रीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा आफु कार्यरत सन्चारमाध्यममा दोषी प्रहरीलाई कारवाही र निलम्वनको माग गर्दै उजुरी दिनुभएको छ । घटनाका प्रत्यक्षदर्शी तथा पत्रकार महासंघ नुवाकोटका सहसचिव रामहरि गजुरेलले शान्ति सुरक्षामा खटिएका प्रहरीकै अगाडि माइक्रोबस तोडफोड भएको घटना आफ्नो कमजोरीको कारण भएको र वास्तविक विषय बाहिर आउने डरले प्रहरीले नुवाकोट र रसुवालाई कर्मथलोबवनाएर १८ वर्षदेखि पत्रकारीता गर्दै आउनु भएका भट्टलाई दुव्र्यवहार गर्दै क्यामेरा खोसेर फुटाइदिने धम्की दिएको बताउनुभयो । घटनाका अर्का प्रत्यक्षदर्शी रेडियो जालपाका स्टेसन मेनेजर जगदीश खनालले सुरक्षामा खटिएका प्रहरीको कार्य असक्षमताका कारण पत्रकार भट्टले दुव्र्यवहार भोग्नु परेको र दोषीमाथि विभागिय कारवाही हुनु पर्ने वताउनुभयो । घटनाका सम्वन्धमा बुधवार पत्रकार भट्टले वास्तविकता उजागर गर्दै रक्षक नै भक्षक भएको कारण आफुमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई तत्काल कारवाहीको माग गर्दै मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख तथा डिआइजी गणेश केसीसमक्ष उजुरी दिइसक्नु भएको छ । डिआइजी केसीले घटनामा संलग्न दोषी प्रहरीलाई विभागीय कारवाही गरिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले सूचना र संचारको युगमा स्वतन्त्र प्रेसमाथि कसैले पनि हस्तक्षेप गर्न नपाउने ठहर गर्दै तत्काल दोषी प्रहरीलाई कारवाही गर्न सम्बन्धित निकायलाई चेतावनी दिनुभएको छ । यसैबीच, बिदुरमा सुरक्षाजाँचकै क्रममा खटिएका प्रहरीले पत्रकारहरु रामहरि गजुरेल, जगदीश खनाल र राकेश डंगोलमाथिसमेत दुव्र्यवहार गरेका छन् । जिल्ला प्रहरी प्रमुख एसपि देववहादुर बोहराको असक्षम नेतृत्व शैलीका कारण भएको प्रहरीको आक्रमण र दुव्र्यवहारको सर्वत्र विरोध भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Threat/intimidation
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments