Incident Reports

चुनावी अभियानमा खटिएका अनेरास्ववियुका कार्यकर्तामाथि माओवादी आक्रमण

2017-05-09

Karnali, Kalikot, Pachaljharana, Ward 6

पचालझरना गाउँपालिका-६ नानिकोट निवासी अनेरास्ववियु जिल्ला सदस्य २६ वर्षीय युवराज शाहीलाई सोही ठाउँका माओवादी केन्द्रका जिल्ला सदस्य डम्मर टमटा, वाइसिएल केन्द्रीय सदस्य महेन्द्र शाहीलगायतका ११ जनाको समूहले वैशाख २६ गते राति आक्रमण गरी घाइते बनाएको अनेरास्ववियु कालीकोटले जनाएको छ । चुनावी घर दैलो अभियानमा खटिएका अनेरास्ववियु जिल्ला सदस्य शाहीलाई माओवादी केन्द्र समर्थकको घरमा आएको आरोपमा आक्रमण गरी घाइते बनाएको पीडित पक्षको भनाइ छ । टाउको र आँखामा चोट लागेका घाइते शाहीको उपचार स्थानीय नानिकोट स्वास्थ्य चौकीमा भइरहेको छ । चुनावमा स्वतन्त्रतापूर्वक प्रचार गर्न नपाएको भन्दै दोषी उपर कारबाहीको मागसहित अनेरास्ववियु कालिकोटले विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा गरेको छ । अनेरास्ववियु कालिकोटका जिल्ला अध्यक्ष भुपेन्द्र सज्यालद्वारा वैशाख २७ गते हस्ताक्षरित विज्ञप्तिमा एमाले पार्टीले उम्मेदवारको चुनावी प्रचारमा गएका कार्यकर्तालाई आक्रमण गरी घाइते बनाउनेलाई छानबिन गरी कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले घटनाका विषयमा जानकारी नपाएको बताउँदै थप अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 11
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports