Incident Reports

महिला वडा सदस्य उम्मेदवार पतिबाट कुटिइन्

2017-05-10

Gandaki, Kaski, Rupa, Ward 5

(PR) रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री ‘गुरुङ’लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् । वैशाख २७ गते बेलुकी पति पत्नीबिचको विवादमा उम्मेदवारी फिर्ता लिन पतिले दबाव दिएको भएपनि आफूले नमान्दा पतिले कुटपिट गरेको पीडित महिलाको आरोप छ । कुटपिटबाट पीडित महिलाको टाउको र हातमा गम्भीर चोट लागेकोले उपचार पोखरास्थित फेवासिटी अस्पतालमा भइरहेको छ । पति र पत्नीबिच राजनीतिक पृष्ठभूमि नमिलेको कारण पद्मामाथि कुटपिट भएको स्थानीयबासीको भनाइ छ । सो घटना राजनीतिक नभइ घरायसी कारणबाट भएको वडा प्रहरी कार्यलय सिसुवाका इन्स्पेक्टर दुर्गाबहादुर गुरुङले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
INSEC , National/Online Media

0 Comments

Related Reports