Incident Reports

सिंजामा बम विस्फोट

2017-05-12

Karnali, Jumla, Sinja, Ward 2

सिंजा गाउँपालिका–२ नराकोटनजिकै शुक्रबार राति बम विस्फोट भएको छ । सिंजा गाउँपालिकाको एक मतदान केन्द्र भैरव माध्यमिक विद्यालय नजिकै राति दुई पटक बम पड्केको आवाज आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सिंजा गाउँपालिकामा बम विस्फोट भएसँगै सुरक्षा व्यवस्था झन् कडा गरिएको प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लेले बताए । 'कस्ले बम विस्फोट गराएको हो भन्ने केही जानकारी आएको छैन' उनले भने 'राति दुई पटक आवाज आयो । मतदाताहरुलाई भयरहित वातावरण मतदान गर्नका लागि सुरक्षा व्यवस्थामा कडाइ गर्दैछौं ।' बम विस्फोट भएपछि निर्वाचनमा खटिएका कर्मचारी र मतदाताहरु सशंकित बनेका छन् । जुम्ला जिल्ला भित्रका ८७ वटै मतदान केन्द्र अतिसंवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र सात वटा गाउँपालिका भित्र रहेका ८७ वटै मतदान केन्द्रमा उच्च शर्तकता अपनाइएको छ । स्थानीय चुनावलाई विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचन विथोलिन सक्ने भन्दै उच्च शर्तकता अपनाइएको हो । जुम्लाभित्र मात्रै दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नारयाण सापकोटाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports