Incident Reports

मुगुको छायाँनाथमा नेपाल कम्युनिष्ट पार्टीद्वारा निर्वाचन सामग्री जफत

2017-05-13

Karnali, Mugu, Chhayanath Rara

मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १२ मा रहेको मतदान केन्द्रबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन सामग्री जफत गरेका छन् । शनिबार बिहान चुनावका लागि खटिएका अधिकारी तथा सुरक्षा टोली खाना खान लागेको समयमा आएका नेत्रविक्रम चन्द विप्लप नेतृत्वको पार्टीका कार्यकर्ताले मतपेटिका, मतपत्रसहितका सामग्री जफत गरेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । नेपाल राष्ट्रिय निमाविको मतदान केन्द्रका मतदान अधिकृत हिक्मतबहादुर मल्लले दिएको जानकारी अनुसार झण्डै दुईसय भन्दा बढीको सङख्यामा आएका उनीहरुले सबै सामग्री जफत गरेका हुन् । उनीहरुले मतपत्र र मतदाता परिचय पत्र समेत च्यातेर फालिदिएका छन् । खुकुरी तथा भाला लगायतका घरेलु हातहतियारसहित सुरजित सावतको नेतृत्वमा सामग्री कब्जा गरेका हुन् । घटना भए लगतै जिल्ला सदरमुकाम गमगढीबाट थप सुरक्षाको टोली पठाइएको निमित्त जिल्ला निर्वाचन अधिकारी राजिमान बुढाले जानकारी दिनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 200
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments

Related Reports