Debate between two major parties on campaigning during 'silence period' has taken the form of clash. Cadres of Nepali congress and CPN UML had clashed with each other on 12 May, Friday in Kaike rural municipality Baijibara over a dispute on campaigning during silence period of election. One policeman has been injured in the clash.
The dispute turned into clash on Friday when CPN UML cadres threw stones at cadres of Nepali congress when the congress cadres started campaigning at evening of Friday which was the 'silence period' of the election. According to district police office, one of the cadres of Nepali congress has also been injured by the stone. The situation is now calmed according to DSP Sumit Khadka.
निर्वाचन आयोगले तोकेको ‘मौन अवधि’ मा चुनावी प्रचारप्रसार गरेको भन्दै प्रमुख दुई पार्टीबीचको विवाद झडपसम्म पुगेको छ । काइके गाउँपालिकाको बैजिवारामा शुक्रबार नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो । त्यस क्रममा ढुंगा लागेर एक प्रहरी घाइते भएका छन् ।
कांग्रेस कार्यकर्ताले साँझपख बैजिवारामा प्रचार गर्न थालेपछि एमाले कार्यकर्ताले ‘मौन अवधिमा’ चुनावी क्रियाकलाप गरेको भन्दै ढुंगा हानेपछि झडप भएको थियो । ढुंगाले लागेर कांग्रेसका एक कार्यकर्ता पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यहाँको स्थिति साम्य भइसकेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
http://kantipur.ekantipur.com/news/2017-05-13/20170513080741.html