Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ

2017-05-12

Bagmati, Dolakha, Bhimeshwor

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय दोलखाको प्राङ्गणबाट प्रहरीले वैशाख २९ गते गिरफ्तार गरेको छ । उनीहरूलाई मेलु गाउँपालिका-२ का ३३ वर्षीय प्रेमकुमार लामा र सोही ठाउँका २१ वर्षीय अभिनास गोलेलाई ‘मानव अधिकारकर्मी हौँ’ भनेर सवारी पास लिन गएको बेला प्रहरीले गिरफ्तार गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
INSEC

0 Comments