Incident Reports

सासू, ससुरा र पतिविरुद्ध उजुरी l

2013-05-21

Dipen Neupane मोरङ । जेठ ७ गते विराटनगर उमनपा-१९ की २२ वर्षीया रिङ्की मुखियाले०७० जेठ ७ गते जिल्ला अदालतमा घरेलु हिंसासम्बन्धी उजुरी दिएकी छन् । प्रहरीमा सहमति नभएपछि उनले अदालतमा उजुरी दिएकी हुन् । उनले सासू उर्मिला मुखिया सिंह र ससुरा राजेन्द्र मुखिया सिंह र पति श्यामकुमार मुखिया सिंहविरुद्ध उजुरी दिएकी हुन् । उनलाई पति श्यामकुमार वैदेशिक रोजगारमा गएको समयमा सासू उर्मिला र ससुरा राजेन्द्रले घरनिकाला गरेका थिए । घर निकालापछि पीडित उनको माइती घर भारतको अररियामा एक वर्षदेखि बस्दै आएकी छन् । उजुरीमा उनले पतिसँग सम्बन्धविच्छेद गर्न माग गरेकी छन् । यसअघि उनले ०६९ चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis