Incident Reports

बर्दियाको राजापुर नगरपालिकाको वडा कार्यालयमा आगजनी

2017-05-13

Lumbini, Bardiya, Rajapur

बर्दियाको राजापुर नगरपालिका-१० खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी भएको छ । आगजनी कसले गर्यो एकीन भएको छैन । मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले शनिबार राति साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर १० को कार्यालय खैरीचन्दनपुरमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको छ । नचिनेका मानिसको समूहले कार्यालयको ताला तोडेर भित्र पसी कार्यालयका महत्वपूर्ण कागजात जलाएको वडा कार्यालयका सचिव धुब्रराज पौडेलले बताउनुभयो । कार्यालयको ढोका फोडेर भित्र पसी कागजपत्र जलाएको उहाँको भनाई छ । आगजनीबाट वडा कार्यालयको प्रशासन फाँटमा रहेका केही महत्वपूर्ण कागजपत्र जलेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । आगजनी भए लगत्तै प्रहरी पुगेर रातभरि सुरक्षा प्रदान गर्नुका साथै आगजनीमा संलग्नहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । आगजनी भएको देखेपछि स्थानीय बासिन्दाले आगो निभाएका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , Other Sources , INSEC , Local Newspaper - Saptari

0 Comments