Rautahat/ May 21
An absconding accused murderer, Rajindra Rai Yadav, 45, of Santapur VDC-7, who has been implicated in the murder of his wife, has been arrested by the police on May 20, eight years after the incident.
An FIR was registered against Yadav at District Police Office, Rautahat for murdering his wife Sugandhi Devi Yadav on November 11, 2005. Yadav was at large since then, police informed.
Yadav was arrested in the village and presented to the District Court of Rautahat, SP Govinda Ram Pariyar said.
Bipin Gautam
रौतहट । जेठ ७ गते
सन्तपुर(दो) गाविस-७ का ४५ वर्षीय राजिन्द्र राय यादवलाई ०७० जेठ ६ गते प्रहरीले पत्नी हत्याको आरोपमा आठ वर्षपछि गिरफ्तार गरेको छ ।
अभियुक्त यादवले ०६२ कात्तिक २५ गते पत्नी सुगान्धिदेवी यादवलाई घाँस काट्ने गडासीले प्रहार गरी हत्या गरेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी परेको थियो । जाहेरी परेपनि उनी सोही मितिदेखि फरार रहेको प्रहरीले जनाएको थियो । पत्नी हत्याको अभियोग लागेका यादव गाउँघरमा नै बसेको सूचनाको आधारमा उनलाई गिरफतार गरी रौतहट जिल्ला अदालतमा पेश गरिएको एसपी गोविन्दराम परियारले बताए ।
बिपिन गौतम