Incident Reports

प्रहरीको गोली लागेर कालिकोटमा एक जनाको मृत्यु : प्रहरी-कर्मचारी सम्पर्कमा आए

2017-05-14

Karnali, Kalikot, Naraharinath, Ward 6

कालिकोटको नरहरिनाथ गाउँपालिका स्थित नन्दादेवी माविको मतपेटीका जलाउन पुगेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एकको मृत्यु भएको छ । आईतबार साँझ मतपेटीका शिल गर्ने क्रममा ठुलो संख्यामा पुगेका विप्लवका कार्यकर्ताले घेरा हालेर मतपेटीका जलाउन थालेपछी प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर धनरुप बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कालिकोट सदरमुकामबाट ९ घण्टा पैदल दुरीमा रहेको नरहरीनाथ गाउँपालिका खटिएका निर्वाचन अधिकृत सहितका प्रहरी कर्मचारी आईतबार राती अबेरसम्म सम्पर्कमा आउन सकेका थिएनन् । अहिले सवै प्रहरी र कर्मचारीहरु सम्पर्कमा आएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिए । ‘सवै प्रहरी र कर्मचारीहरु सम्पर्कमा आईसक्नु भएको छ’ प्रजिअ सुवेदीले भने, ‘कोही सम्पर्क विहीन छैन, सवै सकुसल हुनुुहुन्छ ।’ आईतबार साँझको घट्ना पछी प्रहरी र कर्मचारीहरु कुमालगाउँ स्थित ईलाका प्रहरी कार्यालयमा बसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । त्यस्तै झड्पका क्रममा केही घाईते भएको र उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भईरहेको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । निर्वाचन सम्पन्न भएपछी मतपेटीका प्याक गरेर गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा अचानक ठूलो संख्यामा आएका नेपाल कम्युनिष्ट पार्टीकाकार्यकर्ताले जनमत सहितको ब्यालेट बक्स जलाएका थिए । कतिवटा ब्यालेट बक्स थिए र कतिवटा जलाए भन्नेबारे यकिन विवरण अझै आईनसकेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । ०५५ सालमा यहाँका महिलाहरुले स्थानिय प्रहरीले महिलामाथी दुर्व्यवहार गरेको भन्दै चौकीबाट हतियार खोसेका थिए । २०५५ तिरै तत्कालिन विद्रोही माओवादीको प्रभाव बढेपछि नेपाली सेनाले किलो शेरा अप्रेशन यही गाउलाई लक्षित गर्दै सुरु गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Election-related incident
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 3
National/Online Media , INSEC , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Rupandehi

0 Comments

Related Reports