Police have arrested 7 cadres of Nepal Communist Party led by Netra Bikaram Chand (Biplov).
District committee member Bimal Dhami, student leader Bala Singh Dhami, Bikrant Karki and National youth peoples volunteer District Vice-chairman Jay Bahadur Dhanuk, Area committee member Raju Dahal had been arrested by police.
Similarly, police have arrested Two cadres of Nepal Communist Party from Tikapur. Narendra BK and Jhalak BK have been arrested by Kailali police. All the arrested 7 cadres are taken to District police office, Kailali for investigation.
प्रहरीले कैलालीका विभिन्न स्थानबाट सनिबार विप्लव माओबादीका सात जना कार्यकर्ता पक्राउ गरेको छ । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बिमल धामीका नामले चिनिने जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी नेता बालासिंह धामी र विकल्प कार्कीलाई कैलालीको खानीडांडाबाट शनिबार दिउसो पक्राउ गरेको छ ।
यसघि शनिबार बिहान प्रहरीले धनगढीबाट दुई जना र टिकापुरबाट दुई जना विप्लब माओबादीका कार्यकर्ता पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिर बहादुर बुढामगरले उनीहरुलाई बजार बन्द गरिरहेको र संकास्पद गतिबिधि गरिरहेको अवस्थामा पक्राउ गरेको बताए । उनका अनुसार धनगढीबाट राष्ट्रिय युवा जनस्वयंसेवक जिल्ला उपाध्यक्ष्य जयबहादुर धानुक र एरिया कमिटी सदस्य राजु दाहाल पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले एउटा मोटरसाइकल पनि पक्राउ बरामद गरेको छ । टिकापुरबाट पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष्य झलक बिके र सो पार्टीका टिकापुर इन्चार्ज नरेन्द्र बिकेलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।