Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार

2017-05-17

स्थानीय तहको निर्वाचनलाई विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज अर्जुन आचार्य ‘सौगात’सहित चार जना कार्यकर्तालाई जेठ ३ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो पार्टीका कार्यकर्ताहरू विरेन्द्र मगराती, सागर लिम्बू र शेरबहादुर लिम्बू रहेका छन् । आरोपितहरूलाई फिदिम बजार स्थित एक होटलबाट गिरफ्तार गरिएको हो । निर्वाचनलाई विथोल्ने तयारी गरिरहेको जानकारी पाएपछि आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी नकुल पोख्रेलले बताए । साथै, उनीहरूबाट चन्दा सङ्कलनका रसिदसमेत फेला परेको उनले जानकारी दिए । यसैबीच, प्रहरीले आरोपितहरूलाई भेटघाट गर्न नदिनुका साथै पूर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै जिल्ला स्थित अधिकारकर्मीहरूले एक प्रेस विज्ञप्ति जारी गरी प्रहरीलाई व्यवहार सच्याउन माग गरेका छन् । ‘भेटघाट गर्न जाँदा सूचना दिन आलटाल गरी जिल्ला प्रहरी कार्यालय प्रमुख नकुल पोख्रेलले अधिकारकर्मी तथा सञ्चारकर्मीहरूलाई गरेको पूर्वाग्रहपूर्ण व्यवहारप्रति हामी दुःखी छौँ ।’-विज्ञप्तिमा भनिएको छ-‘मानव अधिकारको संरक्षणको जिम्मेवारी लिएका निकायको प्रमुखको यस्तो व्यवहारलाई विधि सम्मत ढङ्गबाट सच्याउन आग्रह गर्दछौँ ।’ इन्सेक प्रतिनिधि मङ्गल बेघा, प्याग नेपालका शहमान बिक, पूर्वाञ्चल मानव अधिकार रक्षक परिषदका लेखनाथ खतिवडा र हुकोडेक नेपालका प्रेम ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा हिरासतमा रहेका व्यक्तिहरूलाई आफन्त, कानुन व्यावसायी एवम् अधिकारकर्मीहरूसँग भेटघाट गर्न दिन र मानव अधिकामैत्री व्यवहार गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले कामका बोझले प्रहरीवाट घटना भएको हुन सक्ने भन्दै आफुले कुरा गर्ने बताए । आरोपितहरूको गतिविधि सार्वजनिक अपराध ऐन अन्तर्गत समेत मुद्दा चलाउन मिल्ने देखिएकाले सोही मुद्दामा अनुसन्धान थालिएको उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports