Incident Reports

भारतको दिल्लीबाट २४ जना महिलाको उद्धार

2017-05-18

Lumbini, Banke, Nepalgunj

वैदेशिक रोजगारीका लागि भन्दै भारतको दिल्लीमा पुर्‍याएपछि अलपत्र अवस्थामा रहेका २४ जना नेपाली महिलाको उद्धार गरी नेपाल फर्काइएको छ । उद्धार गरिएका २४ जना महिलालाई जेठ ४ गते माइती इण्डियाले उद्धार गरी माइती नेपाल, नेपालगञ्ज शाखालाई जिम्मा लगाएको हो । उद्धार गरिनेहरूमा मकवानपुरकी सुमीत्रा मोक्तान, उदयपुरकी फुलमाया विश्वकर्मा, सिन्धुपाल्चोककी सेङ्मो तामाङ्ग, सरस्वती वरायली, छिन्दोम शेर्पा, रिता सुनार, बिमला तमाङ्ग, काठमाडौँकी मिगा सुनार, नुवाकोटकी फुलमाया तामाङ्ग, चितवनकी सरिता प्रजा, काभे्रपलानचोककी उमा सापकोटा, रौतहटकी कल्पना धिमाललगायत २४ जना रहेका छन् । उद्धार गरिएका सबैलाई जेठ ५ गते काठमाडौँ पठाइसकिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए ।

0 Comments