Incident Reports

मतदाता शिक्षामा अवरोध प्रयास

2017-05-19

Sudurpashchim, Baitadi, Sigas, Ward 2

दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् । शुक्रबार दिउँसो सिगास– २ गाजरीमा मतदाता शिक्षा कक्षा चलिरहेका बेला १०/१२ जनाको समूहमा आएका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन गरे कालिकोटको जस्तै घटना हुन सक्ने भन्दै चेतावनी दिएको निर्वाचन कार्यालयले जनाएको छ । उक्त घटनापछि जिल्लाभर सुरक्षा व्यवस्था चनाखो बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले बताए । यस्तै ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य राजकुमार चुडाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आठराई त्रिवेणी गाउँपालिकाको साविकको हाङपाङस्थित घरबाटै पक्राउ गरेको हो । सादा पोसाकका प्रहरीले बिनापुर्जी पक्राउ गरेको भन्दै माओवादीले आपत्ति जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports