Incident Reports

मतदाता शिक्षा सञ्चालन नगर्न तथा मतदानमा सहभागी नहुन धम्की

2017-05-21

Sudurpashchim, Baitadi, Sigas, Ward 2

Nari Badu दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् । जेठ ५ गते दिउँसो सिगास गाँउपालिका-२ गाँजरीमा मतदाता शिक्षा कक्षा चलिरहेका बेला १०/१२ जनाको समूहमा आएका सो पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन गरे कालिकोटको जस्तै घटना हुनसक्ने भन्दै चेतावनी दिएको निर्वाचन कार्यालयले जनाएको छ । सो पार्टीले च्वागढ क्षेत्रमा निर्वाचन गतिविधि र मतदानमा सहभागी नहुन स्थानीयलाई दबाव दिइरहेको स्थानीयको गुनासो छ । गाँउपालिका कार्यालयबाट जेठ ७ गते मात्रै जानकारी आएको र उक्त घटनापछि जिल्लाभर सुरक्षा व्यवस्था मजबुद बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक आचार्यले बताए । नरी बडु
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports