Incident Reports

Habeas Corpus Case Filed

2013-05-23

Madhes, Siraha, Sukhipur

Nandaram Paudel कपिलवस्तु । जेठ ९ गते भारत बलरामपुर जिल्ला घर भई हाल दाङ्ग जिल्ला तुसलसीपुर नपा-४ बस्ने २६ वर्षीय सन्दिप गुप्ता र उनकी पत्नी २१ वर्षीया आफ्रीन भन्ने सन्ध्या गुप्तालाई इलाका प्रहरी कार्यालय कृष्णनगरले गैरकानुनी थुनामा राखेको भन्दै थुनामुक्त गर्नका लागी जिल्ला अदालत कपिलवस्तुमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । सन्दिप गुप्ताका दाजु आलोककुमार गुप्ताले एड्भोकेसी फोरमको कानुनी सहयोगमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय कृष्णनगरलाई विपक्षी बनाई निवेदन दर्ता गरेका छन् । सन्दिप गुप्ताले ०६९ चैत २७ गते आफरीनसँग राजी खुसीले विवाह गरी दाङ्ग तुलसीपुरमा आई बस्दै आएकोमा केटीका माइती पक्षको दबावमा ०७० जेठ ७ गते इलाका प्रहरी कार्यालय कृष्णनगरको पत्रअनुसार भाई र बुहारीलाई विना कारण प्रक्राउ गरिएको आलोकले बताए । दुवैलाई एक्कासी निजी गाडीमा राखी कृष्णनगरमा हिरासतमा राखिएको जानकारी पाएको भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारीगरी पाँउ भनी उनले जिल्ला अदालतमा निवेदन दिएका छन् । गिरफ्तार गरिएका दुवैलाई इलाका प्रहरी कार्यालयले केटीका माइतीलाई भारतीय प्रहरीमार्फत हस्तान्तरण गर्न लागेकोले ज्यानको समेत खतरा भएको भन्दै हस्तान्तरण रोक्न समेत उजुरीमा उल्लेख गरिएको छ । निवेदनमा भाई बुहारीलाई भेटघाट तथा खानपिन सम्म गर्न नदिएको र थुनुवा कोठामा राखी वैयक्तिक स्वतन्त्रतासमेत हरण गरी गैरकानुनी रुपमा थुनामा राखेकोले न्याय प्रशासन ऐन २०४८ को दफा ७ देहाय २ अनुसार निवेदन पेश गरेको उल्लेख छ । उक्त कार्यबाट नागरिक ऐन २०१२, अन्तरिम संविधान २०६३ द्वारा प्रदत्त स्वतन्त्रापूर्वक हिडडुल गर्न पाउने, फौजदारी न्यायको हक तथा आधारभूत मानवअधिकार समेत हनन् भएकोले नागरिकको अधिकार संरक्षणका लागि निवेदन दिएको दाई कुमार गुप्ताले बताएका छन् । सो गिरफ्तार गरिएको विषयमा एसपी राजेन्द्र ढकालले दुबै भारतीय नागरिक रहेकोले भारतीय प्रहरीले सहयोग गर्न आग्रह गरेकोले भारतीय प्रहरीलाई बुझाउन लागेको बताएका छन् । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis