Incident Reports

समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की

2017-05-24

Gandaki, Kaski, Pokhara Lekhnath

समचार सम्प्रेषण गरेको बिषयलाई आधार बनाएर सामाजिक सञ्जाल फेसबुकमा ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासङ्घकी केन्द्रिय सदस्य सुष्मा पौडेलले जेठ १० गते जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएकी छन् । फेसबुकमा “कार्की कार्की” नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरामा कार्यरत पत्रकार सुष्मालाई स्थानीय तहको मतगणनाको विषयमा समचार सम्प्रेषण गरेकै आधारमा ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारले बताइन् । पत्रकारको सुरक्षा र आरोपितलाई पत्ता लगाई कारबाही गरीपाँउ भन्दै पौडेलले प्रहरीमा जेठ १० गते उजुरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यलयका डिएसपी खड्कबहादुर खत्रीका अनुसार आरोपितको खोजी कार्य सुरु गरिएको छ । उनले साइबर क्राइमसम्बन्धी उजुरी भएकोले निवेदनलाइ महानगरीय प्रहरी परिसर काठमाडौँमा थप अनुसन्धानको लागि पठाउने तयारी गरेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments