Incident Reports

Ex-maoist cadre threatens CPN UML candidate for life

2017-05-25

Former Maoist cadre Amar Singh Dhami has threatened CPN UML candidate Prem Singh Dhami of Naugadh village council for life on May 25. The CPN UML party has accused Amar Singh Dhami of searching for the candidate with weapon with the intention to kill him. The district committee secretary Gyanendra Gharti of CPN UML has lodged an application at District Police Office complaining about the increasing insecurity of the candidates. DSP Kedar Khanal of DPO said that the accused will be controlled and discussion program will be organized. He added that the issue will be solved through discussion as it is a political issue. Narendra Singh Karki नेकपा एमालेका तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्ष उम्मेदवार प्रेमसिंह धामीलाई पूर्व माओवादी कार्यकर्ता अमरसिंह धामीले जेठ १० गते राति ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् । सिप्टीमा घरदैलो अभियान गरिरहेको अवस्थामा राति रमेश ठगुन्नाको घरमा एमाले उम्मेदवार धामीलाई आरोपितले ज्यान मार्ने उद्धेश्यले खोजी गरेको भएपनि पीडित धामी सो घरमा नबसेर अन्तै बास बसेपछि जोगिएको उनले बताए । अध्यक्ष पदका उम्मेदवार धामीलाई ज्यान मार्ने योजना अन्तर्गत आरोपित हातहतियार सहित घुमेको एमालेले आरोप लगाएको छ । नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उम्मेदवारको असुरक्षा बढेको भन्दै निवेदनसमेत दिएका छन् । अपराधिक मानसिकता भएका व्यक्तिबाट ज्यान मार्ने धम्की आएको भन्दै कारबाहीको माग सहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको घर्तीले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले आरोपितलाई नियन्त्रणमा लिएर सिप्टीमै छलफल गराइने बताए । राजनीतिक विषयको मुद्दा भएको कारण पहिलो चरणमा छलफलबाट समाधान खोजिने खनालको भनाइ छ । नरेन्द्रसिंह कार्की
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments